
सन नेपालका सीईओ अर्याल समातिएपछि बीमा प्राधिकरणका उच्च अधिकारी : धितोपत्र बोर्डले हेर्छ



काठमाडौं । दोहोरो नियामकको आँखा लागेको विषयमा समेत सीआईबीको टोलीले नै सीईओ समाउनु पर्ने अवस्था सिर्जना भएको छ । त्यो पनि घट्ना भएको निकै पछि ।
सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हाल प्रहरी नियन्त्रणमा छन् । कुनै पनि सीईओलाई प्रहरी नियन्त्रणमा राख्न हुन्न भन्ने विषय होइन । यसअघि पनि प्रभु बैंकका बहालबाला सीईओ अशोक शेरचन हुन वा पूर्व प्रधानमन्त्री केपी ओली नै किन नहुन उनीहरु नियन्त्रणमा परेका कुरा सत्य हो । तर, यसमा अब सबै भन्दा निरिह विषय के देखिएको छ भने २, २ वटा बलिया र ठूला नियामक निकाय नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) र नेपाल धितोपत्र बोर्ड (सेवोन) को निगरानी अन्तर्गत पर्ने एक पब्लिक कम्पनीका प्रमुख कार्यकारीले भेट्ने लुप होल, त्यत्रो ठूलो सरकारी निकायले किन भेटेन् ?
हाल नेपालमा संचालित जीवन बीमा कम्पनीहरु १४ वटा रहेका छन् । अब नेपालको संविधान, कम्पनी रजिष्ट्रारको कानुन, सरकारी नियामकीय निकाय, पब्लिक कम्पनीको बोर्ड अनि सोही अन्तर्गत सबैभन्दा माथिल्लो पोस्टमा रहेका काम गरि रहेका सीईओले नै कर्मचारीको शेयर खाने विषय कतिको सत्य होला ? त्यो सत्य हो वा होइन त अनुसन्धानको विषय छँदै छ, यसमा सबैभन्दा मुख्य कुरा भनेको यस्तो अवस्था कसरी सिर्जना भयो ? भन्ने पनि हुन सक्छ ।
अब एउटा कम्पनीको सीईओको रुपमा काम गर्दा यसरी मालामाल हुन सकिने हो भने अन्य कम्पनीमा पनि कुनै पनि लुप होल छैनन् ? भन्ने विषय झन गम्भिर चिन्ताको विषय हो ।
अहिले एक जीवन बीमा कम्पनीको सीईओ पक्राउ परेका छन् ।उनी छानविनको दायरामा परीसकेका छन् । हामीलाई उनको विषयमा धेरै प्रवेश गर्नु छैन । तर, हाल यहाँ चलेको परिपाटी र अन्य बेथितीको विषयले भने बीमा क्षेत्रलाई साच्चै गम्भिर र चिन्तित बनाएको छ । अब भनौ सन नेपाल लाइफको घटना एउटा कम्पनीमा मात्र भएको एक्सिडेन्ट हो कि समग्र बीमा, अर्थिक क्षेत्रको सामान्य इन्सिडेन्ट हो ? भन्ने कौतुहलता खट्कीन सुरु भएको छ ।
नियामक निकाय समेत थप चनाखो बन्नु पर्ने :
बेला बेलामा कम्पनीहरुले नियामकलाई नै प्रभावमा पार्न सक्ने भएको भन्दै कतिपय ऐनहरुमा लुप होल छाड्न नहुने विषय उठ्ने गरेको छ । ठीक यस्तो बेलामा करोडौं रकमको बीमा गर्ने र एक विधुवा महिलादेखि ठूला दीर्घ रोगीलाई केही बीमाशुल्क बुझाउँदा करोडौ रकम भुक्तानी गर्ने दायित्वका बोकेका बीमा कम्पनीका प्रमुख माथि नै आर्थिक हिनामिनाको प्रश्न उठेको छ । यस्तो बेलामा नेपाली बीमा क्षेत्रमा लगानीकर्ताहरुले हेर्ने दृष्टिकोणलाई जोगाउनु निकै संवेशनशील देखिन्छ । कारण, सीईओ पक्राउ परेकाले होइन कि समग्र बीमा क्षेत्रले सुशासनको मार्ग समातेको र गलत गर्ने व्यक्तीलाई निग्रानी भए पनि पब्लिक कम्पनीमा थप शुसानमा जाने सन्देश समेत दिन जरुरी देखिन्छ ।
आर्थिक क्षेत्रका नियामकहरुमा भने पुरानो परिपाटी कायमै छ । भरिसक्दो जस आफू दिने दोष र अपजसमो मामलामा तर्किने, पन्छिने । अब भने समग्र प्रणाली सुधारका लागि सत्य के हो भन्नेसम्म सबैजना पुग्न जरुरी देखिएको छ । होइन भने नियामक निकायले पनि कम्पनीको नियमन गर्ने, सुपरिवेक्षण गर्ने, अन साइट र अफ साइट इन्सपेक्सन गर्ने तर दोष भने धितोपत्र बोर्डतर्फमात्र चोर औंला तस्र्याउँएर समाधान निस्किदैन ।
बीमा क्षेत्रमा हाल सीईओ, वरिष्ठ डीसीईओ, डीसीईओ, एसिस्टेन्ट सीईओको व्यवस्था कायम रहे पनि सीईओको काम भने बिना सीईओ पूरा हुने अवस्था छैन । सोही कारण, एक जनासीईओले मात्रै हाली मुहाली गरेर नियामक निकाय र आफ्नो कम्पनीको बोर्ड झुक्याउन सक्ने अवस्था छ वा छैन त्यसमा समेत गहिरो अनुसन्धान हुन जरुरी देखिएको छ ।
बीमा दर्पण डटकमले बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका एक उच्च अधिकारीलाई सन नेपाल लाइफको सीईओ पक्राउका सवालमा सीईओले बदमासी गर्न सक्ने अवस्था कतिको रहन्छ र यस्तो अवस्था अरु बीमा कम्पनीमा होला कि नहोला ? भन्दा ती अधिकारीले प्रतिक्रीया दिँदै शेयर अलोट मेन्टको विषय नेपाल धितोपत्र बोर्डको विषय हो । अरु हामीसँग जोडिएका विषय हामीले हेर्छौ भन्ने सुनाए ।
खास विषयको मुल जरोसम्म पुगिएन भने पक्रनु र धरकड गर्नु मात्रै ठूलो कुरा हो भन्ने भाष्य सिर्जना हुन गयो भने फेरी पक्राउ पर्नु पनि सामान्य जस्तो हुन जाने जस्ता विषय अहिले बीमा क्षेत्रमा चर्चामा छन् ।


