
सेयर बजारमा दाेहाेराे अंककाे सुधार, १३ अर्ब माथिकाे काराेबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा पुनः सुधार देखिएको छ। बुधबार २४.४५ अंकले घटेको सेयर बजार मापक नेप्से आज १४.२१ अंकले बढेर २९ सय ५० दशमलव १६ बिन्दुमा रोकिएको छ।
नेप्से परिसूचक बढे पनि काराेबार भने खुम्चिएकाे छ। आज ३४३ कम्पनीको ३ करोड ४ लाख ३८ हजार ३१५कित्ता सेयर खरिद बिक्रि हुँदा १३ अर्बको १६ करोड २२ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
हिजो ३४५ कम्पनीको ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता सेयर खरिदबिक्रि हुँदा १५ अर्ब ९ करोड ४ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज विकास बैंक, जीवन बीमा र व्यापार समुहका उपसूचक घटेका छन भने बाँकी सबै समुहका उपसूचकमा हरियाली छाएको छ। यसदिन सर्वाधिक हाइड्राेपावर समुहकाे उपसूचक १.५६ र उत्पादन तथा प्रशाेधन समुहकाे उपसूचक १.५० प्रतिशतले बढेकाे छ।
१७८ कम्पनीको सेयर मूल्य बढेकोमा यसदिन ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसदिन रिलायन्स स्पीनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, होट फरेस्ट इनकाे सेयर मूल्य १० प्रतिशत र शोलु हाइड्रोपावर तथा भुजुङ हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।


