
नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनियताको शपथ



काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ सिंहदरवारमा निमार्ण गरिएको नयाँ सांसद भवमा लिएका हुन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका छन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँएका छन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।


