
बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर १ सय ८७



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बेलामा हाल डिजेलरमट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपियाँ वृद्धि गरेको जनाएको छ ।यता, निगमले चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको तथा आजको मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपियाँ पर्ने भएको हो।
त्यस्तै, निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपियाँ र तेस्रो वर्गमा १८७ रुपियाँ तथा डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपियाँ र तेस्रो वर्गमा १६७ रुपियाँ तोकेको बेलामा निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तोकेको खबर छ।



