
सेयर बजारमा हरियाली, कारोबार रकम १४ अर्ब ८३ करोड



काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दित मंगलबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज २३.८३ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २९६०.४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ११७ कम्पनीको सेयर मूल्य भने घटेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले बढेर ५०७ विन्दुमा पुगेको छ । आज १३ वटा उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ ।
परिसूचक बढेको दिन सेयर बजारमा करिब १५ अर्ब रुपैयाँको कारोबार भएको छ । आज ३४१ कम्पनीका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर १२६ हजार ९४७ पटक खरिद बिक्रीहुँदा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

