
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको संचालकमा जोली अमात्य नियुक्त भएकी छिन् ।
कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले महिला संचालक पदमा पर्सा जिल्ला, वीरगंज ११ स्थायी ठेगाना भएकी अमात्यलाई आजकै मितिबाट लागू हुनेगरी नियुक्त गरेको हो ।