
शिवप्रसाद घिमिरेद्वारा ‘वस्तुगत’ प्यानल घोषणा, अञ्जन श्रेष्ठको पूर्ण समर्थन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि वस्तुगत तर्फको उपाध्यक्ष पदमा शिवप्रसाद घिमिरेले प्यानलसहित औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा सोमबार आयोजित एक समारोहका बीच घिमिरेले १६ सदस्यीय सदस्य पदका उम्मेदवारसहितको शक्तिशाली समूह सार्वजनिक गरेका हुन् ।
घिमिरेको यो उम्मेदवारीलाई महासंघको भावी नेतृत्व सम्हाल्न लागेका अञ्जन श्रेष्ठले समेत आधिकारिक रूपमा समर्थन गरेका छन् । ऊर्जा र एलपी ग्यास क्षेत्रमा स्थापित व्यवसायी घिमिरेले आफ्नो समूहमा उद्योग र व्यापारका विभिन्न विधालाई समेटेर समावेशी टिम निर्माण गरेका छन् ।
घिमिरे समूहका सदस्य उम्मेदवारहरू:
घिमिरेको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका वस्तुगत सदस्यका उम्मेदवारहरू यस प्रकार छन्:
अरनिको राजभण्डारी
रविन पुरी
राजकुमार कार्की
वसन्तचन्द्र मरहट्टा
सुनिता न्हेमाफुकी
संघर्ष विष्ट
रघुनन्दन मारु
राजेशभक्त श्रेष्ठ
होम प्रसाद घिमिरे
धन प्रसाद लामिछाने
धर्मराज सापकोटा
कृष्णप्रसाद अवाले
एब बहादुर थापा
विश्वनाथ खनाल
नानीराज घिमिरे
ध्रुब बहादुर गौतम
नेतृत्वको क्षमता र आवद्धता
शिवप्रसाद घिमिरे नेपाली निजी क्षेत्रमा एक ‘एक्सन ओरिएन्टेड’ र तार्किक नेतृत्वका रूपमा परिचित छन् । उनको व्यावसायिक पृष्ठभूमि र महासंघभित्रको सक्रियतालाई यस निर्वाचनमा मुख्य बलका रूपमा हेरिएको छ ।
व्यावसायिक अनुभव: नेपाल एलपी ग्यास उद्योग संघको पूर्व अध्यक्षका रूपमा उनले पेट्रोलियम र ऊर्जा क्षेत्रका नीतिगत सुधारमा महत्वपूर्ण भूमिका खेलेका छन। ।
वस्तुगत संघको आवाज: साना तथा मझौला उद्योगीका समस्यालाई नीतिगत तहमा पुर्याउन उनले लामो समयदेखि वकालत गर्दै आएका छन्
समन्वयकारी व्यक्तित्व: सरकार र निजी क्षेत्रबीचको संवादमा स्पष्ट र निडर प्रस्तुति राख्न सक्ने क्षमता उनको मुख्य विशेषता हो।
“भाषण होइन, परिणामका लागि उम्मेदवारी” – शिवप्रसाद घिमिरे
उम्मेदवारी घोषणाका क्रममा उपाध्यक्षका उम्मेदवार घिमिरेले महासंघभित्र वस्तुगत संघहरूको भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफ्ना मुख्य बुँदाहरू यसरी राखे :
वस्तुगत संघको सशक्तीकरण: “वस्तुगत संघहरू महासंघका मेरुदण्ड हुन्, तर उनीहरूले पाउनुपर्ने अधिकार र प्राथमिकता पाउन सकेका छैनन्। मेरो टिमले यी संघहरूको आवाजलाई महासंघको मूलधारमा स्थापित गर्नेछ।”
व्यवसायीको आत्मसम्मान: “वर्तमान आर्थिक संकटका बेला उद्योगी व्यवसायीहरू हतोत्साहित छन्। हामीले व्यवसायीको खस्किएको मनोबल उकास्न र व्यवसाय गर्ने वातावरण निर्माण गर्न ठोस काम गर्नेछौँ।”
सहकार्य र एकता: “हाम्रो समूह भाषणमा भन्दा पनि काममा विश्वास गर्छ। अञ्जन श्रेष्ठको गतिशील नेतृत्व र हाम्रो टिमको अनुभवले महासंघलाई नयाँ उचाइमा पुर्याउनेछ।”
यो प्यानल घोषणासँगै महासंघको चुनावी सरगर्मी थप चुलिएको छ। घिमिरेको समूहले अब छिट्टै देशव्यापी रूपमा विभिन्न वस्तुगत संघहरूसँग अन्तर्क्रिया र चुनावी प्रचार अभियान सुरु गर्ने बताएको छ।

