
दोल्ती पावरको लकइन अवधि सकिंदै



काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको साधारण शेयरको लकइन अवधि वैशाख ७ गतेबाट समाप्त हुने भएको छ।
कम्पनीको संस्थापकको ३७ लाख ५५ हजार ४०२ कित्ता, आयोजना प्रभावितको १ लाख ४१ हजार ८२० कित्ता र कर्मचारीको २० हजार ४६२ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।
कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ६ महीनासम्म सामूहिक लगानी कोषको र ३ वर्षसम्म संस्थापक, आयोजना प्रभावित र कर्मचारीको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ।

