
‘हामी ढलेका मात्र हौँ, मरेका होइनौँ’ : योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति र नेतृत्वलाई जनताले शान्तिपूर्ण रूपमा अस्वीकार गरेको टिप्पणी गरेका छन् । पार्टीको लज्जास्पद हारपछि आफूभित्र सर्वाङ्गीण रूपान्तरण मार्फत जनसमर्थन पुनः आर्जनको बाटो लिनुपर्ने उनको भनाइ छ ।
निर्वाचनपछि कार्यकर्ता र शुभेच्छुकहरूसँगको संवादपछि निकालेको निचोडलाई उनले ‘हामी ढलेका मात्र हौ, मरेका होइनौ’ भन्दै ७ बुँदामा लेखेका छन् ।

