
काठमाडौँ १ मा रञ्जु जित नजिक, रविन्द्र तेस्रो



काठमाडौं । प्रतिनिधि सभा सदस्यको लागि भइरहेको मतगणनामा काठमाडौँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रञ्जु दर्शनाले दोब्बर मतान्तरले अग्रता लिएकी छन्।
आयोगले दिएको पछिल्लो मतगणना अनुसार दर्शनाले ९ हजार ७८ मत ल्याएर अग्रता बनाएकी छन्। कांग्रेसका प्रवल थापा क्षेत्रीले ४ हजार ८७ मतले पछ्याइरहेका छन्।
राप्रपाका रविन्द्र मिश्रले २ हजार ३५५ मत पाएर तेस्रो स्थानमा छन्। सो क्षेत्रमा अघिल्लो पटक कांग्रेसका प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याइ विजयी हुँदा मिश्रले ७ हजार १८ मत पाएका थिए। त्यसबेला १२५ मतान्तरले पराजित भएका मिश्र यसपटक तेस्रोमा छन्।

