
स्रोत नखुलेको नगद सहित एक जना पक्राउ



बारा। आदर्श कोतवाल गाउँपालिका-७ बाट स्रोत नखुलेको नगद ११ लाख २२ हजार रूपैयाँ सहित सुवर्ण गाउँपालिका-१ वगही बस्ने ३२ वर्षीय रोबिन कुमार यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा खटिएको प्रहरीले सिम्रौनगढबाट तेलकुवातर्फ आउँदै गरेको ना.४१ प ३३८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक यादवको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

