
निर्वाचन आयोगले भन्यो–६० प्रतिशत मत खस्यो



काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जनाएको छ ।निर्वाचन आयोगले बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा कर्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो जानकारी दिएका हुन्।
‘६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको छ’, भण्डारीेले भने, ‘मतदान प्रक्रिया शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।’ आयोगले सवै क्षेत्रका मतपेटिका संकलन गरेर प्रक्रियाअनुसार मतगणना सुरु हुने जनाएको छ ।

