
काठमाडौं । बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ । देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ । देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो ।