
सुपरमाई हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपरमाई हाइड्रोपावर लिमिटेडको २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । यस कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ७१० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५९१.६७ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बुधबार सेयर कारोबार खुला हुनेछ ।

