
टक्सार पिखुवा खोला हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ निष्काशन अनुमति दिएको छ । बोर्ड कम्पनीलाई फागुन १ गते आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो ।
अब कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने छ । १ अर्ब २० करोड जारी पुँजी रहेको कम्पनीले ३५.२६ प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

