
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी



काभ्रे । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको रामेछाप प्रहरीले जनाएको छ ।
बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको जनाइएको छ । प्रहरीका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र तीन वटा शव घटनास्थलमा फेला परेको हो । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।
उद्धार गरेकाहरूलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ । आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको जनाइएको छ ।

