
सुनको मूल्य एकैदिन तोलामा साढे ९ हजारले बढेर नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा फेरी नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि दिन यता सुनको मूल्य निरन्तर उकालो लागि रहेको हो ।
आज मात्रै सुन मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ४३० रुपैयाँले बढेर तोलाको ७ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ६ हजार ८७० रुपैयाँ रहेको थियो ।

