सूर्यज्योति लाइफ इन्स्योरेन्सको एक उपहार योजना,अनलाइनबाट पैसा तिर्दा विजेता बन्ने मौका
काठमाडौं । अब सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीमितहरुले अनलाइनबाटै आफ्नो बीमालेख नविकरण गर्दा उपहार समेत पाउँने भएका छन् । कम्पनीले दिएको जानकारी अनुसार पेमेन्ट गेटवे खल्ती आवद्धहरुले शुल्क बुझाउँदा उल्टै उपहार पाउँने भएका हुन्।
कम्पनीका अुनसार यही मंसिर १८ गतेदेखि आगामी पुष २९ गते सम्म बीमाशुल्क बुझाउँदा जो कोही बीमितलाई लक्षित गरि उपहार योजनाहरु ल्याइएको छ। हाल सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमितहरुले खल्ती एपमार्फत भुक्तानी गर्दा ३ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्मको क्यास ब्याक अफर समेत ल्याएको छ ।
यता बीमितहरुका लागि फिल्म टिकल, इयर बड तथा मोवाइल टप अप लगायको सुविधा ल्याइएको कम्पनीले जानकारी दिएको हो ।