युनाईटेड अजोडको सीईओमा गौतम नियुक्त
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कमल गौतम नियुक्त भएका छन्। गौतमलाई हिजो मात्रै संचालक समितिले स्वीकृती दिएको हो ।
यता कम्पनीबाट सीईओ नियुक्त गरे पनि नेपाल बीमा प्राधिकरणबाट भने उनको नियुक्ती सदर हुन बाँकी छ । सीईओ गौतमले यस अघि पनि नेपाली बीमा क्षेत्रमा सीईओ लगायत अन्य पदमा समेत काम गरिसकेका छन् ।