
नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १२.७८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ३ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

