हिमालयन लाइफको बीमालेख बिलम्ब शुल्कमा सहुलियत
काठमाडौँ । बिग मर्जरबाट स्थापित हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेखको नविकरणमा (बिलम्ब शुल्क) छुट दिने भएको छ । कम्पनीका अनुसार सो शुल्कमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिने भएको हो ।
हिमालयन लाइफले जारी गरेको सूचनाका अनुसार मंसिर १९ गतेदेखि ३० गतेसम्मको अवधिमा व्यतीत बीमालेखहरुको नविकरणमा कुनै पनि बिलम्ब शुल्क (लेट फी) नलाग्ने भएको छ ।
कम्पनीका अनुसार ३वर्षसम्म व्याज गरिवानामा शतप्रतिशत छुट, ३ देखि ५ वर्षसम्म ५० प्रतिशत छुट, ५ वर्षदेखि ७ वर्षसम्म व्याज जरिवानामा २५ प्रतिशत छुट दिइने भएको हो । त्यस्तै, ७ देखि १२ वर्षको व्याजबापतको जरिवानामा १० प्रतिशतसम्म छुट तथा १२ वर्षभन्दा माथिको अवधिमा भने कुनै छुट नदिने हिमालयन लाइफले जनाएको छ ।