
सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा, अस्पताल भर्ना हुने वित्तीकै कभर हुने



काठमाडौं। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संस्थामा आवद्ध आफ्ना सम्पूर्ण सदस्यका लागि स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा गरेको छ। सेजनले प्रत्येक सदस्यलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा सहित कुल सात लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमाको कभरेज उपलब्ध गराएको हो।
शुक्रवार एक विशेष कार्यक्रमका विचमा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अञ्जु श्रेष्ठले सेजनका अध्यक्ष भागवत भट्टराईलाई औपचारिक रूपमा बीमा पोलिसी हस्तान्तरण गरेकी हुन्।
सेजनले सदस्यहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमार्फत करिब १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गराएको अध्यक्ष भट्टराइले बताए।
स्वास्थ्य बीमा अन्तर्गतका सुविधा
स्वास्थ्य बीमा योजनाअन्तर्गत सेजनका सदस्यले अस्पताल भर्ना हुने वित्तिकै बीमाको सुविधा पाउनेछन्। बीमाले माइनर सर्जरीका लागि १५ हजार रुपैयाँ, आकस्मिक सर्जरीका लागि ३० हजार रुपैयाँ र ठूला सर्जरीका लागि ४० हजार रुपैयाँसम्मको कभरेज प्रदान गर्नेछ।
यसका साथै अस्पतालमा भर्ना भएपछि लाग्ने बेड चार्ज, चिकित्सक शुल्क तथा औषधि उपचारसम्बन्धी खर्चसमेत बीमा कभरेजभित्र समेटिने व्यवस्था गरिएको अध्यक्ष भट्टराइले जानकारी दिए।
सामूहिक दुर्घटना बीमा
सामूहिक दुर्घटना बीमा अन्तर्गत सेजनका सदस्यले दुर्घटना एक मात्र प्रत्यक्ष कारणबाट शारीरिक क्षति भएमा अधिकतम सात लाख रुपैयाँसम्मको कभरेज प्राप्त गर्नेछन्। दुर्घटनाका कारण अस्पताल भर्ना हुनुपरेमा उपचार खर्चका रूपमा पनि सात लाख रुपैयाँसम्मको सुविधा उपलब्ध हुने सेजनले जनाएको छ।
अध्यक्ष भट्टराईका अनुसार यो बीमा पोलिसी कार्यान्वयनमा आइसकेको छ र अबको एक वर्षसम्म संस्थामा आवद्ध सम्पूर्ण सदस्यले यसबाट लाभ लिन सक्नेछन्। कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भने, “हामीले आफ्ना सबै सदस्यको व्यावसायिक क्षमता अभिवृद्धि लगायतका काम गर्दै आएका छौं, जुन सधैं कायम रहन्छ। सदस्यको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै यस पटक हामीले संस्थाको कोषबाट सबै सदस्यको बीमा गरेका हौं।”
उनले सदस्यको हितमा काम गर्नु संस्थाको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सम्झौता कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ अञ्जु श्रेष्ठले सेजनका सदस्यलाई आफ्नो संस्थामार्फत बीमा सेवा दिन पाउनु खुसीको विषय भएको बताइन्। उनले सबै नेपालीलाई बीमाको दायरामा ल्याउन आवश्यक रहेको धारणा राख्दै बीमाको महत्वबारे अझै नागरिकलाई पर्याप्त रूपमा बुझाउन नसकिएको उल्लेख गरिन्।
“बीमा गर्दा हुने फाइदा राम्रोसँग बुझाउन नसक्दा क्षति न्यूनीकरण हुन सकेको छैन,” उनले भनिन्, “आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूको छाता संगठनको हैसियतले सेजनले बीमाको महत्व र फाइदाबारे सर्वसाधारणलाई बुझाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।”
नेपाल आर्थिक पत्रकार समाज (SEJON)
नेपाल आर्थिक पत्रकार समाज ९क्भ्व्इल्० आर्थिक, व्यवसायिक तथा वित्तीय क्षेत्रका विषयमा तथ्यपूर्ण सूचना प्रवाह गर्ने उद्देश्यले स्थापित व्यावसायिक आर्थिक पत्रकारहरूको छाता संस्था हो। वि।सं। २०५४ मा गैर–नाफामूलक संस्थाका रूपमा स्थापना भएको यस संस्थामा हाल विभिन्न सञ्चार माध्यममा कार्यरत २७९ जना आर्थिक पत्रकार आबद्ध छन्। सेजनले आर्थिक मुद्दालाई सार्वजनिक बहसमा ल्याउन अन्तरक्रिया तथा तालिम कार्यक्रममार्फत आफ्ना सदस्यहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा निरन्तर योगदान दिँदै आएको छ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी नेपालको बीमा क्षेत्रमा ३० वर्षभन्दा बढीको इतिहास बोकेको प्रतिष्ठित बीमा कम्पनी हो। स्थापना कालदेखि नै सामान्य बीमा सेवामा विशेष ध्यान दिँदै आएको कम्पनीले ग्राहकको आवश्यकतालाई मध्यनजर गरी व्यापक बीमा कभरेज प्रदान गर्दै आएको छ। हाल कम्पनीले देशका सातै प्रदेशमा रहेका ७७ वटा शाखामार्फत बीमा सेवा प्रदान गर्दै आइरहेको छ।

