
२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक



काठमाडाैं । साेमबार (हिजाे) २५ अर्ब रूपैयाँ बराबरकाे ऋणपत्र जारी गरेकाे नेपाल राष्ट्र बैंकले आज पनि २० अर्बको ऋणपत्र जारी गर्ने भएकाे छ ।
मंगलबार पनि राष्ट्र बैंकले पनि एकवर्षे अवधिका लागि २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको हाे । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ज’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागिएको हो ।
आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ भने बोलकबोलका माध्यमबाटै ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।
यस ऋणपत्रको साँव भुक्तानी २०८३ पुस २९ गते हुने छ भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ।
ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ। ऋणपत्र यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने छ ।

