
सुन-चाँदीकाे मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज प्रतितोला कति ?



काठमाडौं । मंगलबार पुनः नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेर नेयाँ रेकर्ड कायम गरेकाे छ। हिजाे एकैदिन ४ हजार १०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज पनि ताेलामा १ हजार ८०० रूपैयाँ बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ प्रतिताेला २ लाख ७६ हजार ५०० रूपैयाँ पुगेकाे छ। हिजाे छापावाल सुन प्रतिताेला २ लाख ७४ हजार ७०० रूपैयाँ ताेकिएकाे थियाे ।
यस्तै आज चाँदीकाे भाउ पनि १४५ रूपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेकाे हाे । आज चाँदीकाे मूल्य प्रतिताेला ५ हजार ३ सय ४० रूपैयाँ पुगेकाे छ। साेमबार चाँदी प्रतिताेला ५ हजार १९५ रूपैयाँ ताेकिएकाे थियाे ।

