
हालसम्मकै उच्च विन्दुमा पुग्याे सुन-चाँदीकाे भाउ



काठमाडाैं। साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेर नयाँ ऐतिहासिक रेकर्ड कायम गरेकाे छ ।
हिजाे ताेलामा २८०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज एकैदिन प्रतितोला ४ हजार १०० रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला २ लाख ७४ हजार सात सय रूपैयाँ पुगेको छ।
हिजाे छापावाल सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

