गार्डियन माइक्रो लाइफको आईपीओ आउँदै
काठमाडौं । लघु बीमा कम्पनीगार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भोलिदेखि प्राथमिक साधारण सेयर (आईपीओ) जारी गर्ने जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि बिक्री गरिने कुल आईपीओमध्ये १० प्रतिशत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुका लागि ल्याउँने भएको हो ।
हाल जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ आउँने छ भने सो मध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले किन्न पाउँने कम्पनीले जनाएको छ।
सो आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड तोकिएको छ