आज विश्व अपाङ्गता दिवस : दुर्घटना बीमाको महत्व बढ्दै
काठमाडौं । आज विश्व अपाङ्गता दिवस । विश्वमा कतिपय व्यक्तीहरुले प्रकृतिक रुपमा नै अपाङ्गता व्यहोर्नु पर्ने हुन्छ भने कतिपय अवस्थामा भवितव्य वा दुर्घटनावस पनि जीवनमा प्रतिकूल अवस्था आईलाग्छ । अझ बढ्दो शहरीकरण र आधुनिकीकरणले मानिसको जीवनलाई आरामदारी र सहज त बनाएको छ नै त्यसको साथमा कतिपय अवस्थामा जोखिम पनि पक्कै बढाएको पाइन्छ ।
सोही कृतिम दुर्घटनाका घटनाहरु बढी रहेको बेलामा नेपालमा पनि बीमा कम्पनीहरुले दुर्घटना बीमा योजनाहरु संचालन गरिरहेका छन् । त्यस्ता बीमाका लागि धेरै शुल्क बुझाउँनु पर्दैन । थोरै रकममा पनि चोटपटक लगायतका खर्च बीमा कम्पनीबाट व्यहोर्ने भएकाले पनि अधिकांश कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई बीमामा समावेश गर्ने गरेको पाइन्छ ।
दुर्घटना बीमा एकल र संस्थागत रुपमा पनि गर्न सकिन्छ । त्यसरी निर्जीवन बीमा कम्पनीहरुबाट गरिने दुर्घटना बीमाले व्यक्तीले नचाहादा नचाहादै भोग्नु पर्ने कतिपय दुर्घटनामा आर्थिक राहात पाउँछन् ।
अहिले पनि बीमालाई बोनस वा बचतको रुपमा मात्रै हेर्ने गरेको पनि पाइन्छ । तर, बीमाको मुख्य उदेश्य भनेकै रक्षावरण हो । बीमा कम्पनीहरुले नागरिकहरुलाई दुःखको बेलामा आर्थिक रक्षावरण प्रदान गर्छन् ।
विगतको तुलनामा अहिले विभिन्न कलकारखानामा कार्यरत श्रमीकदेखि दैनिक यात्रा गर्ने नागरिकहरु स साना दुर्घटना बीमा योजनामा जोडिएको हामीले पाउँछौं । त्यसरी दुर्घटना बीमामा जोडिएका नागरिकहरुले अहिले बीमाबाट पाउँने रकम पनि पहिलेको भन्दै धेरै माग हुन थालेको बीमा कम्पनीहरु सुनाउँछन् ।
यही भनाईबाट पनि प्रस्ष्ट हुन सकिन्छ कि बढ्दो आधुनिकीकरणले दुर्घटनाको दर बढाएकै छ । सोही कारण सडकदेखी विभिन्न स्थलहरुमा हामीले नयाँ नयाँ रोगहरु पनि देख्दै आएका छौं । विगतमा बीमाको सुरुवात नहुँदा वा बीमाको बारेमा पर्याप्त जानकारी नहुँदा धेरै जनाले बीमाको पहुँचबाट टाढा रहनु पर्ने बाध्यता कायम थियो । अहिले पनि ठूलो बीमा गर्न तत्काल पैसा नभएकाहरुले पनि स–साना बीमा र थोरै बीमाशुल्क बुझाएर बीमा योजनामा समावेश भएको हामीले पाउँन सक्छौ । त्यस्ता सस्तो रकममा आफूलाई आवश्यक हुने बीमा योजनाहरु पहिचान गर्नु पनि मुख्य कुरा हुन जान्छ ।
भनाईको मतलब अहिले विश्व बीमा बजारले फुटबल खेलाडीको खुटा्को मात्रै बीमा, कपडा सिलाउने ट्रेलरमा काम गर्ने व्यक्तीको औंलाको मात्रै बीमा गर्दै आएका छन् । यी बीमाहरु यस्ता बीमा हुन् जस्ले बीमितलाई अपाङ्ग हुनबाट जोगाउन त सक्दैनन् तर यी बीमाले तपाई हामीलाई निकैहदसम्म आर्थिक अपाङ्गताबाट भने पक्कै जोगाउँने छन् ।
बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स