
यस्तो छ नेप्सेको इतिहास, १ अर्ब चुक्ता पुँजी, को-को छन् शेयर होल्डर ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का बारेमा जानकारी नहुने कमै होलान् । अझ भनौ यसको बारेमा दैनिक थाहाँ पाउनेको संख्या बढेकै छ ।
यस्तो बेलामा हामीले केही हदसम्म नेप्सेको सुरुवात र यसका लगानीकर्ताका बारेमा समेत केही कोरेका छौं ।
दैनिक अर्बौ रुपैयाँको कारोबार गराउन सक्षम एक संस्थाको बारेमा विविध जिज्ञासा समेत रहदै आएको पाइन्छ । हाल नेप्सेको चुक्ता पुँजी पेड अफ क्यापिटल १ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै नेप्सेमा सरकारी तथा गैर सरकारी गरी विभिन्न ७ शेयरधनीहरु रहेका छन् ।
नेपाल सरकारको ५८.६६ प्रतिशत शेयर रहेको छ भने ५८ लाख ६६ हजार कित्ता शेयर रहेको छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकको ९.५ प्रतिशत शेयर रहेको छ भने यसको ९ लाख ५० हजार कित्ता शेयर रहेको छ ।
यता, इम्लोइ प्रोभिडेन्ट फण्डको १० प्रतिशत शेयर रहेको छ भने यसको १० लाख कित्ता शेयर रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको ११.२३ प्रतिशत शेयर रहेको छ भने उसको ११ लाख २३ हजार कित्ता शेयर रहेको छ ।
लक्ष्मी बैंकको ५ प्रतिशत शेयर रहदा यसको ५ लाख कित्ता शेयर रहेको छ ।
प्रभु बैंकको समेत ५ प्रशित शेयर रहदा उसको समेत ५ लाख कित्ता शेयर रहेको छ ।
अन्य क्षेत्रको ०.६० प्रतिशत अर्थात ६० हजार कित्ता शेयर रहेको छ ।
यस्तो छ छोटकरीमा हेर्दा नेप्सेको इतिहास :
बिराटनगर जुल मिल र नेपाल बैंकबाट नेप्सेको इतिहास सुरु भएको यसलाई नजिकबाट पहिचान गर्नेहरु सुनाउँछन् ।
त्यस्तै, सेक्यूरीटी एक्सचेञ्ज सेन्टरको रुपमा समेत नेप्सेलाई विकास गरिएको थियो । त्यस्तो एक्सचेञ्ज सेन्टरको समेत एक मात्र उदेश्य पूँजी बजारको विकास र यसको हक हितमा काम गर्ने नै थियो ।
सामान्य रुपमा मात्रै शेयर इन्स्यू गर्नेदेखि केही बोन्डको काम गर्दै जाँदा नेप्सेको स्थापना हुन पुगेको यसलाई नजिकबाट नियाल्ने जानकारहरु सुनाउँछन् ।
नेप्सेले समेत आफ्नो यस्तो विकास क्रमको बारेमा आफ्नो वेभ साइटमा सूचना राख्ने र त्यसलाई अपडेट गर्नेदेखि रियल टाइम डाटा राख्ने काम गर्दै आएको छ ।

