
एमाले अध्यक्ष केपी ओलीको स्थानहद फुकुवा



काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फकुवा भएको छ । गत, भदौ, २३ र २४ गतेको जेन्जी आन्दोलनको प्रभावसँगै उपत्यका बाहिर जान नमिल्ने गरी र बयानका लागि पटक पटक उनको चर्चा चल्दै आएको बेलामा स्थानहद फुकुवा भएको हो ।
हिजो मात्रै उनले मानवअधिकारवादी संस्थामा आफ्नो साढे २ घण्टा लामो बयान दिएका थिए । उनलाई करिब ३० प्रश्न समेत सोधिएको खबर बाहिरीएको छ ।
देश निर्वाचनमय बन्दै गएको बेलामा र निर्वाचनको मिति दैनिक नजिकी रहेको बेलामा केही साता अघि मात्रै एमालेमा लोकप्रिय मत ल्याएका ओलीको स्थानहद फुकुवा गरिएको हो ।
कतिपय अवस्थामा सरकारले खडा गरेको छानविन आयोलाई उनले मौखिक उत्तर नदिई बरु उल्टै मिडीयामा आफूले आवश्यक प्रतिक्रीया दिइसकेको भन्ने ट्रोल तथा सन्देशहरु व्याप्त समेत भएको अवस्था छ ।
यी यावत कुराहरुको बावजुत आजैबाट एमाले अध्यक्ष तथा पूर्वप्रधामन्त्री समेत रहेका उनै ओलीको स्थानहद फुकुवा भएको हो ।

