सूर्यज्योति लाइफले घोषणा गर्यो लाभांश
काठमाडौं । केही दिन अघि बीमितहरुका लागि बोनस दर सार्वजनिक गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर धनीहरुका लागि पनि लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०।८१ बाट दिइने लाभांश तोकेको हो।
शुक्रबारको बैठकबाट समिक्षा अवधिको नाफाबाट शेयरधनीहरुलाई लाभांश दिने निर्णय भएको कम्पनीले जनाएको छ।
अहिले सूर्यज्योती लाइफको चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख रहेको छ । सोही अनुपातमा कूल २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख ८९ हजार रुपैयाँबराबरको (कर सहित) कम्पनीले नगद लाभांश दिने भएको हो ।
घोषणा भएको लाभांश नियामक निकाय बीमा प्राधिकरणबाट सदर भएसँगै कम्पनीको आउँने वार्षिक साधारणसभाले पारित गर्नेछ ।