मोरङका दिपेन्द्र मण्डलले एशियान लाइफबाट पाए घातक रोग बापतको ४ लाख भन्दा बढी दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विराटनगर शाखाले घातक रोग दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरी घातक रोगको ४ लाख ७५ हजार रुपैयाँ भुक्तानी दिएको हो ।
कम्पनीले धनपालथान–०१, मोरङका बीमित दिपेन्द्र कुमार मण्डललाई उक्त दाबी रकम भुक्तानी गरेको हो । मण्डलले २०८० असार ९ गते दम्पती जीवन बीमा योजनामा ५ लाख रुपैयाँको बीमा गरेका थिए । बीमाको ८ महिनापछि नै दुवै मृगौलाले काम गर्न छाडेपछि उनलाई घातक रोगको दाबी रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
मंसिर १३ गते आयोजित कार्यक्रममा बिराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारी, सिनियर व्यवसाय प्रबन्धक अर्जुन कुमार मेहता र सक्रिय अभिकर्ता रविन्द्र मण्डलले संयुक्त रूपमा ४ लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा शाखा प्रबन्धक सरोज भण्डारीले बीमाको महत्व र आवश्यकता स्पष्ट पार्दै जीवनमा हुने अप्रत्याशित घटनाहरू तथा प्राणघातक रोगहरूका लागि बीमा संरक्षण अत्यन्तै आवश्यक रहेको बताए ।
उनले एशियन लाइफ इन्स्योरेन्सले घातक रोगहरूको उपचार खर्च मात्र नभई मृत्युदाबी तथा अन्य दाबीहरू पनि समयमै उपलब्ध गराउँदै आएको जानकारी गराए । उनले बिमालाई आर्थिक सुरक्षाको माध्यम बनाउँदै सुनौलो भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
सिनियर व्यवसाय प्रबन्धक अर्जुन कुमार मेहताले बीमाको अर्थ, महत्व र आवश्यकता स्पष्ट पार्दै जीवन बीमाका योजनाहरूले जनताको जीवनस्तर उकास्न महत्वपूणर् योगदान पु¥याइरहेको उल्लेख गरे। उनले बीमा अभिकर्ताहरूको दक्षता र क्षमता वृद्धि गर्दै सही सूचना जनतामा पुर्याउन आवश्यक रहेको र यस कार्यमा आफू पनि सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
सक्रिय अभिकर्ता रविन्द्र मण्डलले बीमितको बीमाको प्रक्रियाबारे जानकारी गराउँदै बीमा योजनाबाट प्राप्त हुने फाइदाहरूको बारेमा स्पष्ट पारेका थिए । कार्यक्रममा बीमा कम्पनीले समयमै छरितो रूपमा दाबी भुक्तानी उपलब्ध गराउने परम्परा कायम राख्दै आएको बताइएको थियो ।