माई खोला हाइड्रोपावरको साधारणसभा आज
काठमाडौं । नेप्सेमा सूचीकृत माई खोला हाइड्रोपावरको वार्षिक साधारणसभा आज सम्पन्न हुँदैछ । कम्पनीको साधारणसभा मंसिर १४ गते शुक्रबार काठमाडौंमा सम्पन्न हुने भएको हो ।
माई खोला हाइड्रोपावरको सभा स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यसपटक लाभांश सम्बन्धी कुनै प्रस्ताव प्रस्तुत नगरिने कम्पनीले जनाएको छ । साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनका साथै अन्य वित्तीय विवरणहरूमा पनि छलफल हुनेछ । चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनार्थ यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गरेको थियो ।