
व्यवसायीले सुरक्षित मनसुन नगरे लगानी आउँदैन : पूर्व अर्थमन्त्री महत



काठमाडौं । व्यवसायीले सुरक्षित मनसुन गरेर लगानी नआउने पूर्व अर्थमन्त्री प्रशाशसरण महतले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल भन्ने विषयमा भएको छलफलमा महतले लगानी नआए रोजगारी नआउने र समृद्धि नहुने बताएका छन् ।
‘निजी क्षेत्रको सम्मान : समृद्धिको आधार’ भन्ने नाराका साथ भएको सामूहिक छलफलमा महतले जेन–जीको आन्दोलनका बेला भदौ २३ र २४ गते दुवै घटनाको आगोलाउने मच्चाउने दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
आन्दोलनका बेलमा निजी क्षेत्रमा भएको तोडफोड, लुटपाट र आगजनीको विरोध समेत गरेका छन् ।

