आईएमई लाइफको सीईओ बने खड्का,कम्पनीलाई नयाँ गति दिने विश्वास व्यक्त
काठमाडौं । पवन कुमार खड्काले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ती पाएका छन् । यस अघि सूर्यज्योती लाइफ इन्स्योरेन्सको बरिष्ठ डीसीईओको रुपमा कार्यरत उनलाई सीईओको जिम्मेवारी दिइएको हो ।
खड्काले तत्कालिन सूर्या लाइफ इन्स्योरेन्समा समेत सीईओको रुपमा आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् । उनको नियुक्ती चार वर्षलाई हुनेछ । मंसिर १३ गते सीईओ बन्ने प्रस्ताव पूर्ण रुपमा सदर भएसँगै उनी केही खुलेका छन् ।
बीमा दर्पण डटकमसँगको कुराकानीमा उनले छोटो प्रतिक्रीया दिँदै कम्पनीको छविलाई उच्च बनाउँदै आफ्नो दक्षता प्रयोग गरी बीमित तथा नागरिकहरुको हक हितमा सदैव कार्यरत रहने भाव व्यक्त गरेका हुन् । यूवा सीईओ खड्काको आगमनसँगै कम्पनीले नयाँ उचाई लिने समेत संचालक समितिले अपेक्षा राखेको छ ।