
सुम्निमा हाइड्रोपावरको साधारण सभा माघ ९ गते



काठमाडौं । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले माघ ९ गते १०औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।
कम्पनीले सभा ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा बिहान १०:४५ बजेदेखि शुरू हुनेछ ।
सभाले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निधारगणको प्रस्ताव समेत पारित गर्नेछ ।

