
वैदेशिक रोजगारीमा रहेकाहरुले सूर्यकुण्ड हाइड्रोको आइपीओमा आजसम्म आवेदन दिन पाउने



काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओमा आवेदन दिने आज (पुस १४ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले यही पुस ९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको आइपीओमा आजसम्म आवेदन दिन सकिनेछ ।
आयोजना प्रभावित स्थानीयका लागि जारी आइपीओको निष्कासन बन्द भने छिटोमा पुस २३ गते र ढिलोमा माघ ८ गते बैंकिङ समयपछि हुनेछ।
कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियाे। त्यसमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने ६८ लाख ९६ हजार ७०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६८ हजार ९६७ कित्ता शेयरमा वैदेशिक रोजगारमा नेपालीले आवेदन दिन सक्नेछन्।
आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

