
नेपाल पे नेशनल कार्ड स्किम विदेशमा समेत स्वीकार्य हुने



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले Discover Network सँगको सहकार्यमा नेपालको नेशनल कार्ड स्किम, नेपाल पे कार्डको कमर्शियल रोलआउट शुरु गरिएको घोषणा गरेको छ ।
नेशनल पेमेन्ट स्विच परियोजना अन्तर्गत नेशनल कार्ड स्विच र नेपाल पे कार्ड पूर्ण रुपमा सञ्चालनमा ल्याइएको हो जसबाट बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्डहरू नेपाल भरिका एटीएम र पीओएस टर्मिनलमा मात्र नभई विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ ।
यस सहकार्य पश्चात् नेपाल पे कार्डका प्रयोगकर्ताहरुले Discover Network र Diners Club International को विश्वभरी संयुक्त रूपमा रहेका १९० भन्दा बढी देश तथा क्षेत्रहरूमा उक्त कार्डको प्रयोग गर्न सक्नेछन् भने नेपालका मर्चेन्टहरूले ३० भन्दा बढी नेटवर्क एलायन्सहरू तथा म्ष्लभचक ऋगिद कार्डहरूमा आबद्ध विश्वभरका ३७८ मिलियन भन्दा बढी कार्डहरूबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले NPS-National Card Switch (NCS) र नेपाल पेको प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरिसकेका छन् भने अन्य संस्थाहरू पनि क्रमश: थपिने क्रममा रहेको छ । एनपीएस–एनसिएसमा कार्ड सम्बन्धी कारोबारको अन्तरआवद्धताका साथै राउटिङ्ग, सेटलमेन्ट, डिस्प्यूट ह्यानडिलिङ्ग तथा एकिकृत रिपोर्टिङ्ग जस्ता विशेषताहरु रहेका छन् ।
नेपालको भुक्तानी प्रणालीहरूलाई आधुनिकीकरण गर्ने उद्देश्य सहित लागू गरिएको ल्एक् परियोजना अन्तर्गत Retail Payment Switch (RPS) र Cross-Border Interface (NPIx) नोभेम्बर २०२१ देखि नै कार्यान्वयनमा आइसकेका छन् । एनसीएस र नेपाल पे कार्डले स्वदेशी कार्ड कारोबारमा लागत घटाउने, डाटा लोकलाइजेसन कार्यान्वयन गर्ने तथा डिजिटल इकोसिस्टममा नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।
एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले भने, “नेशनल पेमेन्ट स्वीच को स्थापना र नेपाल पे कार्डको कमर्शियल रोलआउटले नेपालको डिजिटल यात्रामा एक महत्वपूर्ण रूपान्तरण ल्याएको छ । यस पहलले अन्तरआवद्ध भुक्तानी इकोसिस्टम निर्माण गर्नुका साथै नवप्रवर्तनका लागि बलियो आधार तयार पर्नेछ । Discover Network सँगको हाम्रो साझेदारीले विश्वव्यापी स्वीकार्यता सहित सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरको भुक्तानी कार्ड स्किम प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई दर्शाउँछ ।”
म्ष्कअयखभच का भाइस प्रेसिडेन्ट श्री शुभ्रजित बसुले भने “ नेपाल पे सँगको यो रणनीतिक सहकार्यले एशिया–प्रशान्त क्षेत्रमा हाम्रो उपस्थिति र सेवालाई विस्तार गर्न सहयोग पुर्याउनेछ । साथै, प्रत्येक कारोबारसँगै, मर्चेन्ट र कार्ड प्रयोगकर्ताहरूले गुणस्तरीय र सुरक्षित भुक्तानीको सेवामामा पहुँच प्राप्त गर्नेछन् ।”
एनसीएचएल ८ पौष, २०६५ मा नेपाल राष्ट्र बैंकको नेतृत्व तथा मार्गनिर्देशनमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको कम्पनी हो । यसमा केन्द्रिय बैंक तथा बैंक वित्तीय संस्थाहरुको लगानी रहेको छ । यसको मुख्य उद्देश्य भनेको विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन तथा कार्यान्वयन गर्नु हो । एनसीएचएलले डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउन बैंकिङ तथा वित्तीय प्रविधि तथा सेवाहरूलाई विस्तार गर्दै आएको छ ।

