
हितेन्द्रदेव शाक्यले गरे रसुवागढी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण



काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रसुवागढी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।
२०८२ असार २४ मा चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोलाको बाढीले क्षति भएपश्तातको पुनर्निमाणको अवस्था हेर्न शाक्य त्यहाँ पुगेका हुन् ।
१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको स्थलगत निरीक्षणसँगै शाक्यले त्यहाँको प्राविधिक पक्षका बारेमा पनि जानकारी लिएका छन्। कठिन समयमा पनि मेहनतका साथ काम गरेको भन्दै आगामी दिनमा अझ प्रभावकारी प्रविधिको प्रयोग गर्दै काम गर्न समेत उनले निर्देशन दिए।
यस्तै निरिक्षणका क्रममा उनले आवश्यक सहयोगका लागि प्राधिकरण तयार रहेको भन्दै डिजाइनमा भएका केही कमजोरीलाई सच्याएर आगामी दिनमा अहिलेको भन्दा राम्रो गरेर अघि बढ्न पनि सुझाव दिए।

