
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण



काठमाडौँ । सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकालाई आफ्नो शोरूममा भ्रमण गराएको छ । यो भ्रमण बालबालिकाका लागि खुसी र अर्थपूर्ण अनुभव सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको नामीले जनाएको छ ।
नामीको व्यवसायका अलावा समाजलाई योगदान दिने र खुसी बाँड्ने प्रयासलाई बलियो बनाउने अवसरका रूपमा यो भ्रमण सफल भएको बताईएको छ ।
शोरूमको गाइडेड टुरले बालबालिकालाई आत्मीयता, सम्मान र उत्साहको अनुभूति गराएको थियो । भ्रमण अवधिभर नामी टिमले बालबालिकासँग अन्तरक्रिया गर्दै उनीहरूको अनुभवलाई राखेका थिए ।
बालबालिका र टिमका सदस्यहरूबीच आत्मीय सम्बन्ध स्थापित समेत गरिएको थियो ।
स–साना स्नेहि पहलहरूले बालबालिकाको जीवनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्ने नामी विश्वास लिएको छ ।

