
हिमालयन एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्यो लाभांश



काठमाडौं । निर्जीवन बीमा क्षेत्रको सबल कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको जनाएको छ। कम्पनीले आर्थिक बर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको हो ।
यता, कम्पनीको पौष ११ गते दिउँसो ३ः०० बजे बसेको संचालक समितिको बैठकको निर्णयले आर्थिक बर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु २,५०,०१,५७,४०० (दुई अर्ब पचास करोड एक लाख सन्ताउन्न हजार चार सय) को ८ प्रतिशतका दरले रु २०,००,१२,५९२ (बिस करोड बाह्र हजार पाँच सय बयानब्बे रुपैयाँ) लाभांशमा लाग्ने कर समेतका लागि नगद लाभांश प्रस्ताव गर्ने निर्णय भएको जनाइएको छ।
सोही प्रस्तावित लाभांश अन्य बेलामा जस्तै नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको बत्तीसौं बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ ।


