
पत्रकारिताबाट छाँयामा परेका विषयहरु खोज्न सकिन्छ : किशोर श्रेष्ठ



काठमाडौं । (शनिबार) राजधानीको सिनामंगलस्थित यात्री कुञ्ज होटलमा निर्वाचनमा चौथो अंग तथा अनुसन्धानात्मक पत्रकारिताका सम्बन्धि एक विमर्श नामक कार्यक्रम आयोजना भयो । सोही कार्यक्रममा प्रमुख वक्ताको रुपमा (पुर्व प्रमुख निर्वाचन आयुक्त) दिनेश थपलियासँगै संचार जगतलाई नजिकबाट नियाल्ने तथा यसमा अबद्ध हुने अधिकांशको उपस्थिती रह्यो ।
सोही कार्यक्रमको एक वक्ता थिए । किशोर श्रेष्ठ ।
नेपाली पत्रकारितालाई नजिकबाट नियाल्ने अधिकांशले उनको नाम सुन्ने गरेका छन् । कतिपय गहकिला लेख, खोज अनुसन्धानमा पनि उनै श्रेष्ठको नाम अग्रपंक्तीमा आउँने गर्छ । उनलाई नचिन्नेहरु प्राय नेपाली पत्रकारितामा खासै डुबेका वा खारिएका मानिदैनन् । कारण उनले नेपाली मिडीया क्षेत्रको नियामक निकाय प्रेस काउन्सिल नेपालमा समेत सफल अध्यक्षता जनाइसकेका छन् ।
नेपालको पुरानो र चर्चित पत्रिका जन-आस्थामा उनै श्रेष्ठले खोजी गरेका (सम्पादन गरेका) कतिपय विषयबस्तुहरु अधिकांश अवस्थामा हटकेक समेत बनेका उदाहरण छन् ।
आज हामीले व्यक्तीगत रुपमा किशोर श्रेष्ठ को हुन् वा होइनन् ? भन्नेमा केन्द्रित हुन खोजेको होइन । राजधानीको एक कार्यक्रमा उनले उठाएका कतिपय गहन विषय वस्तुहरुमा आम पत्रकारिता जगतदेखि सर्वसाधारणहरु समेत गम्भिर हुनु पर्ने देखिएको छ ।

के भने श्रेष्ठले ?
पछिल्लो समय पत्रकारिताको धर्म, मर्म, मूल्य र मान्यता अनुसार नै पत्रकारिता अघि बढेको नभई कतिपय अवस्थामा प्रयोजित विषयमा समाचारहरु प्रकट हुनुमा उनले खेद प्रकट गरेका छन् ।
लामो अवधि नेपाली पत्रकारितामा योगदान गरेको अनुभवबाट उनले सतही विषय बस्तुमा भन्दा पनि नेपाली पत्रकारिताले विषय बस्तुहरुका गहिराईमा पुगेर खोज अनुसन्धान गर्न खाँचो रहेको औंल्याए ।
त्यस्तै पत्रकारिताले जति धेरै विषय उठान गर्यो त्यसले समाजमा विद्यमान बेथिती रोक्न समेत मद्धत पुग्ने उनको भनाई थियो ।
प्रेस काउन्सिलमा रहदाका केही अनुभव समेत सुनाउँदै उनले समाचारमा अनावश्यक प्रभाव र दबाब तथा उक्साहतलाई निमिट्यान्न पार्ने गरी समाप्त पार्न समेत जरुरी रहेको सुनाए ।
प्रायोरीटी :
उनले पत्रिकाले कस्तो विषयमा प्रायोरीटी, प्राथमिकता दिएको भन्ने विषयले पत्रिकाको स्तरसम्म निर्धारण गर्ने आशस सुनाउँदै सहि सूचना सम्प्रेष्ण गर्ने हो कोहीलाई भय रहित वातावरणको सिर्जना गर्नु पर्ने बताए ।
त्यस्तै, जुन आशयमा समाचार लेखिएको छ त्यसलाई सोही आशाबट बुझ्न आवश्यक रहेको सुनाए ।
पछिल्लो समय सस्तो लोकप्रियता मौलाउँदै गएको वर्तमान अवस्थामा उनले सोही प्रसंग जोड्दै केलाई स्थान दिने वा केलाई स्थान नदिने भन्ने विषय आवश्यक रहेको बताए ।
पछिल्लो समय मुलुकलाई राष्ट्रिय एकताको खाँचो भएको विषय चौतर्फी रुपमा उठिरहेको बेलामा समेत उनै श्रेष्ठले के कालागि समाचार लेखिएको भन्ने कुराले ठूलो माने राख्ने सुनाए । उनले समाचार प्रचारबाजीमा मात्र सिमित नभई वास्तविक पिडीत र पिडक छुट्याउन समेत समक्ष हुनु पर्ने बताए ।
समाचारको खण्डनले पत्रकारिता माथि नै प्रश्न
(भेस्टेड इन्ट्रेस्ट) निहीत स्वार्थद्धारा परिचालित भई कतिपय अवस्थामा केही पत्रिकाले कुनै कुरा ठिक र फेरी अर्को पत्रिकाले त्यही विषय गतल लेख्ने परिपाटी हावी हुँदा पत्रकारिताको धर्म, मूल्य, मान्यता माथि नै गम्भिर प्रश्न चिन्ह खडा भएको उनको आशय थियो ।
सबैभन्दा पहिला पत्रकारिता जोगाउने बेला आएको भन्दै पत्रकारिता नै समाजको ऐना हुने उनको विश्लेषण थियो ।
सूचनाको खानी पत्रकार :
कार्यक्रममा कतिपय पुराना अनुभवी किशोर नेपाल लगायतका अग्रपत्रकारहरुको समेत नाम र योगदानको चर्चा गरिएको थियो । सोही कार्यक्रममा कतिपय अनुभवी पत्रकारहरुको खोजी, भोगाई, समाजबाट पाइएको रिफ्लेक्सन, रेस्पोन्स प्रतिक्रीयाले समेत आफ्नो पेशागत दायित्वमा अडिग रहेर गरिने कुनै पनि पत्रकारिता कतिसम्म मजबुत हुन्छ भन्ने भान भएको थियो । त्यही ठूला सूचना बाहिर ल्याएकै कारण पत्रकारहरुलाई समेत पहुँचवाला वर्गहरु गर्ने ललाई फकाई, अनुनय विनयदेखि केही धम्कीपूर्ण भाषाहरु समेत सामना गर्दै अघि बढी रहेको नेपाली पत्रकारिताको केही झल्को कार्यक्रममा व्यक्त भएको थियो ।
सहि सूचना सम्प्रेष्ण गरेर समाजलाई सू-सूचित गर्ने आवश्यक अति आवश्यक रहेको र त्यस्तो बेलामा पत्रकारिता एक मजबुत खम्बा बन्नेमा दुई मत नहरेको बारेमा कार्यक्रममा चर्चा गरियो ।
अधिकांश छलफलका विषयहरु यस अघिका र आगमी चुनावमा केन्दित हुँदै सहि सूचनाले स्वस्थ निर्वाचन एवम् स्वस्थ निर्वाचनले राम्रा प्रतिनिधिहरुले शासन, सत्ता हातपार्ने सम्मका चर्चा कार्यक्रममा गरिएको थियो ।
सेन्टर फर पोलिसी रिसर्चले आयोजना गरेको सोही कार्यक्रममा इकोनोमिक मिडीया एसोशियसन (इमान) का अध्यक्ष रोयल आचार्य, प्रेस काउन्सिल नेपालका सूचना अधिकारी दिपक खनाल, नाफिजका पूर्व अध्यक्ष सिताराम भट्टराई लगायत विभिन्न पत्रिकाका वरिष्ठ पत्रकार तथा सम्पादकहरुको उपस्थिती रहेको थियो ।

