
ग्रीनलाईफ हाइड्रोपावरको साधारण सभा माघ २ गते बस्ने



काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा माघ २ गते बस्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालमा रहेको लिसारा रिजेप्सन्समा बिहान ११ बजे देखी सभा बस्ने भएको हो ।
कम्पनीले वार्षिक सभामा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । कम्पनीले आर्थिक वर्ष २०८१–८२ को १६औँ वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, सोही वर्षको लेखापरिक्षक प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाबको छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

