
सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, एकै दिन ५ हजार ५०० ले बढ्यो



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन पनि कीर्तिमान कायम भएको सुनचाँदीको मूल्यमा आज पनि निरन्तर्ता पाएको हो ।
आज सुनको मूल्य तोलाको ५ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलाको २० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर ४ हजार २५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार २३५ रुपैयाँ रहेको थियो ।

