
सन नेपाल लाइफले आफ्ना सेयरधनीलाई २०.२६ प्रतिशत लाभांश बाड्ने



काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २०.२६३२ प्रतिशतका दरले लाभांश पाउने छन् । सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने १५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

