नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठद्धारा सपथ ग्रहण
काठमाडौं । हिजो मात्रै नियुक्त भएका नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफ्नो पद तथा गोपनियताको सपथ लिएका छन् । उनले आज मंगलबार अर्थमन्त्री बिष्णु पौडेल समक्ष सपथ ग्रहण गरेका हुन्।
श्रेष्ठलाई अर्थमन्त्रालयमा एक कार्यक्रममार्फत अर्थका सचिव, धितोपत्र बोर्डका कर्मचारी, लगायत सरोकारवालाहरुलाई साक्षी राख्दै सपथ खुवाईएको हो । सोमबार मात्रै मन्त्रिपरिषद्को बैंठकले उनको कार्यकालबारे टुंगो लगाउँदै सेबोनको चाबी थमाएको हो भने आगामी चार वर्षसम्म उनले नेपाली पुँजीबजारको मुख्य नियमनकारी निकायको बागडोर सम्हाल्ने छन् ।