सेयर बजारमा हरियाली, परिसूचक ३३ अंकले बढ्दा कारोबार ७ अर्ब माथि
काठमाडौं । आज मंगलबार सेयर बजार परिसूचकमा हरियाली देखिएको छ भने हिजो पनि दोहोरो अंकले बढेको नेप्से परिसूचक आज पनि ३३ अंक भन्दा बढीले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ३३ दशमलव ०३ अंकले बढेर २७१६ दशमलव ६६ विन्दुमा पुग्दा सो बिन्दु अघिल्लो दिनको भन्दा १.२४ प्रतिशतले धेरै हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
साथै, मंगलबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५० अंकले बढेर ४७७ दशमलव ५७ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १३ वटैको सेयर मूल्यमा हरियाली छाएको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ४४ करोड भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१२ कम्पनीका १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर ७५ हजार ५७२ पटक खरिद बिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज कारोबार भएका कम्पनीमध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको नेप्से परिसूचकमा देखिन्छ ।