
चिरख्वा हाइड्रोपावरको साधारण सभा पुस २३ मा, शतप्रतिशत हकप्रद निष्कासनको प्रस्ताव



काठमाडौँ । चिरख्वा हाइड्रोपावर लिमिटेड (CKHL) ले शतप्रतिशत (१:१) अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नका लागि वार्षिक साधारण सभा (AGM) बोलाएको छ ।
कम्पनीले आफ्नो सातौँ वार्षिक साधारण सभा आगामी पुस २३ गते, बुधबार काठमाडौँको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा गर्ने निर्णय गरेको छ। सभा बिहान ११०:०० बजेदेखि सुरु हुनेछ ।
साधारण सभाका मुख्य प्रस्तावहरू:
साधारण सभामा छलफल गरी पारित गरिने मुख्य प्रस्तावहरू यस प्रकार छन्:-
शतप्रतिशत हकप्रद निष्कासनस् हाल कायम चुक्ता पूँजीको १ बराबर १ (१:१) अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने ।
सञ्चालक समितिलाई अख्तियारीस् हकप्रद निष्कासन सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने ।
लगानी र विकास: उपयुक्त आयोजनाको पहिचान गरी लगानी गर्ने वा विकास गर्ने सम्बन्धमा निर्णय गर्ने ।
अन्य कार्य: कम्पनीको ऋण भुक्तानी गर्ने र आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने ।
बुकक्लोज मिति
बुकक्लोज मिति: पुस १३ गते ।
सहभागिताका लागि योग्यतास् पुस १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा सहभागिता जनाउन र हकप्रदका लागि योग्य हुन सक्नेछन् ।

