
रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई बिक्री प्रबन्धकको अनुमति



काठमाडौं । रियालयब नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई बिक्री प्रबन्धकको अनुमति प्राप्त भएको छ । नेपाल धितोप बोर्डले निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रेशन संस्थागत परमर्श सेवा सम्बन्धि कार्यहरु गर्न अनुमति दिएको हो ।
कम्पनीले यस अघि धितोपत्र प्रत्यभूति, लगानी व्यवस्थापन सम्बन्धि कार्यहरु गर्दै आएको थियो । बीमा क्षेत्रबाट पहिलो सामुहिक लगानी कोष ‘सिलायबल सामूहिक लगानी कोष’ अन्तर्गत ‘रिलायबल समृछि योजना’ नामको पहिलो सामूहिक लगानी योजना सञ्चालन गर्दै आएको थियो । थप इजाजपत्रले कम्पनीले आगामी दिनहरुमा मर्चेण्ट बैंकिङ क्षेत्रमा पनि थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।


