
बन्द भएको तारागाउँ रिजेन्सी होटल्सले ५ प्रतिशत लाभांश दिने



काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगलागी र तोडफोडमा परेर बन्द भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको तर्फबाट आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने निर्णय गरेको हो।

