धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठले मारे बाजी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन् । विगत लामो समयदेखि अध्यक्ष बिहीन रहेको बोर्डले श्रेष्ठको नेत्तृत्व पाएको हो ।
उनको कार्यकाल आगामी चार वर्षसम्म कायम हुनेछ । धितोपत्र बोर्डले नेपाली पूँजी बजारको मूख्य नियमनकर्ताका रुपमा आफ्नो भुमिका निभाउँदै आएको छ ।
पाइप लाइनमा रहेका अनेकौ एफपिओ, आईपिओको प्रक्रिया सुल्झाउँनेदेखि, धितोपत्र बजारको नियमन स्वस्छ र पारदर्शी ढंगले अघि बढाउँने, चुनौती र अवसर आगामी चार वर्षका लागि श्रेष्ठले हात पारेका हुन् ।
आजै बसेको मन्त्री परिषद्को बैठकले उनको नियुक्ती सम्बन्धि टुंगो लगाएको हो ।